‘द पर्पल बुक अफ ट्याक्स’ बजारमा: आर्थिक ऐन-२०७९ मा भएका सम्पूर्ण व्यवस्थाहरुको व्याख्या



२०७९ साउन १७ गते ०९:४० | Aug 2, 2022


‘द पर्पल बुक अफ ट्याक्स’ बजारमा: आर्थिक ऐन-२०७९ मा भएका सम्पूर्ण व्यवस्थाहरुको व्याख्या


काठमाडौं। चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’ को पाँचौ संस्करण बजारमा आएको छ।

Tata
Global Ime

पुस्तकमा आर्थिक ऐन-२०७९ ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषामा छ। भन्सार र अन्तःशुल्कका व्यवस्थालाई सरल भाषामा बुझ्नका लागि त्यसका व्यवस्थाहरुलाई संक्षिप्तरूपमा समेत प्रस्तुत गरिएको छ।

साथै, आर्थिक ऐनमार्फत लगाइएका सबै कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीहरुका साथै आर्थिक ऐन-२०७९ मार्फत करमा दिइएका छुट तथा सहुलियतहरुलाई समेत छुट्टाछुट्टै रूपमा यही पुस्तकमा समावेश गरिएको छ।

आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको छ।

पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पुर्वादेश तथा सर्वोच्च अदालतले कर सम्बन्धि मुद्दामा गरेका महत्त्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफासँगै मिलाएर राखेका कारण यो पुस्तक कर सम्बन्धि महत्वपूर्ण स्रोत सामाग्रीको रुपमा पाठकहरुले प्रयोग गर्ने गरेका छन्। कर क्षेत्रका पुस्तकहरुमध्ये यो निकै रुचाएको पुस्तक हो।

पुस्तक अनलाइन सप मार्फत पाठककै ठेगानामा निःशुल्क डेलिभरी गर्ने सुविधा छ भने, दराज अनलाइनमा पनि यो पुस्तक उपलब्ध छ। त्यसैगरी उपत्यकाभित्र तथा बाहिरका मुख्य सहरका स्टेशनरी पसलहरुमा पनि यो पुस्तक उपलब्ध छ।