अन्तर्राष्ट्रिय बियर डेको अवसरमा होटल याक एण्ड यतीको विशेष अफर, यस्ता छन् अफरहरु



२०७९ साउन २० गते १३:५२ | Aug 5, 2022


अन्तर्राष्ट्रिय बियर डेको अवसरमा होटल याक एण्ड यतीको विशेष अफर, यस्ता छन् अफरहरु


काठमाडौं। अन्तर्राष्ट्रिय बियर दिवसको अवसरमा होटल याक एण्ड यतीले विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट महिनाको पहिलो शुक्रबारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रुपमा मनाइने गरिन्छ। 

Tata
Global Ime

होटलको मधुवन गार्डेनको ड्रइङ रुममा रहेको लाउन्ज ७७ मा होटलले विभिन्न समय तालिकाअनुसार अफरहरु सार्वजनिक गरेको जनाएको छ। 
शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रति ग्राहक १८८८++ रुपैयाँमा असिमित बियर पिउन सक्ने होटलले जनाएको छ। प्रति जोडी ३२००++ रुपैयाँमा उक्त अफर उपलब्ध हुने बताइएको छ।

यस्तै, साँझ ६ बजेदेखि राति १० बजेसम्म सबैलाई बियरमा प्रति पिन्ट स्पेसल फिक्स्ड प्राइस लागू हुने होटलले जनाएको छ। बियरको मूल्य प्रति पिन्ट ४४४++ रुपैयाँ तोकिएको छ। 

भोलि शनिबारका लागि पनि होटलले अफर सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म बियर प्रति पिन्ट ४४४++ रुपैयाँमै उपलब्ध हुने जनाएको छ। 

होटलले प्रति जोडी ३२००++ रुपैयाँमा विशेष स्न्याक्स प्लाटर्स भेज ५००++ र नन भेज ६००++ रुपैयाँमा उपलब्ध रहेको याक एण्ड यतीले जनाएको छ।