एनसेलले आजैदेखि ल्यायो ‘पावर सिम’ अफर, ९७ रुपैयाँ तिरेर सिम किनेपछि विभिन्न सेवा निःशुल्क



२०७९ साउन २३ गते ०९:०६ | Aug 8, 2022


काठमाडौं। एनसेल आजियाटाले आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ । यो अफर अनुसार सिम लिँदा इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँच हुने कम्पनीले जनाएको छ ।

Tata
Global Ime

सोमबारदेखि नै लागू हुने गरी कम्पनीले यो अफर ल्याएको हो। यस अन्तर्गत ग्राहकहरूले करसहित मात्र ९७ रुपैयाँ तिर्दा यो सिम लिन सक्नेछन् ।

यो सिममा ग्राहकले २०  रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने एनसेलले जनाएको छ।  

यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्ने बताइएको छ।

यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० रुपैयाँ वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुने बताइएको छ ।  निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने बताइएको छ।