सुनको मूल्य साउन महिनाकै महँगो, एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो 



२०७९ साउन २४ गते ११:२० | Aug 9, 2022


सुनको मूल्य साउन महिनाकै महँगो, एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो 


काठमाडौं। मंगलबार सुनको मूल्य साउन महिनाकै सर्वाधिक महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार एकैदिन तोलामा ६०० रुपैयाँ बढेसँगै उच्च मूल्यमा पुगेको हो। 

Tata
Global Ime

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ भएको छ। सोमबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। ३५ रुपैयाँ बढेसँगै चाँदी प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ। सोमबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै सोमबार सुन चाँदीको मूल्य गत आइतबार कायम मूल्यमै स्थिर रहेर कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७८६.१७ डलर र चाँदी २०.६७ डलरमा कारोबार भइरहेको छ।