
काठमाडौं। रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिस र अलराउन्डर स्मार्टफोन रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा भित्र्याएको छ।
अल्ट्रास्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ एमएएच ब्याट्री र एआई सक्षम क्यामेरा जडित यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु रहेको कम्पनीले जनाएको छ।
‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो। यसमा भएको ६.६ इन्चको डिस्प्ले र ५० मेगापिक्सेल क्यामेराले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ।’
८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोनको तौल १९२.५ ग्राम रहेको कम्पनीले जनाएको छ। २१ हजार ७९९ रुपैयाँ रहेको रयलमी नर्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलर, ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको फोन साउन २३ गतेदखि बजारमा उपलब्ध छ।