
वाल्ट डिज्नी कम्पनीले कुल २२१ मिलियन स्ट्रिमिङ प्रयोगकर्ताहरूका साथ नेटफ्लिक्सलाई पछि पर्न सफल भएको छ। यसका साथै डिज्नीले बिना विज्ञापन डिज्नी प्लस अथवा हुलु हेर्न चाहने प्रयोगकर्ताहरूका लागि शुल्क बढाउने घोषणा पनि गरेको छ।
मासिक शुल्कलाई ३८ प्रतिशत बढाउँदै उक्त मिडिया जाइन्टले १०.९९ अमेरिकी डलर बनाएको छ भने डिज्नीले उपभोक्ताहरूको लागि विज्ञापन समावेश गरेको नयाँ विकल्पमा प्रस्ताव गरेका छ, जसको शुल्क हालको नै कायम राखिएको छ।
यो सँगै डिज्नीको सेयर गत बुधबार पछिको ट्रेडिङमा ६.९ प्रतिशतले बढेर १२०.१५ अमेरिकी डलर पुगेको छ।
सन् २०१७ मा दर्शकहरू परम्परागत केबल र प्रसारण टेलिभिजनबाट अनलाइन स्ट्रिमिङमा शिफ्ट भइरहेका थिए। त्यस बेलामा डिज्नीले सफलताको शिखरमा पुग्दै गरेको नेटफ्लिक्सलाई प्रतिद्वन्द्वी बनाउँदै स्ट्रिमिङ सेवा निर्माण गर्दै आफ्नो भविष्यलाई दाउमा राखेको थियो।
र पाँच वर्षपछि, डिज्नीले कुल नेटफ्लिक्सलाई पछि पारेको छ। द माउस हाउसले मात्रै १४.४ मिलियन डिज्नी प्लस दर्शक थपेको छ। यसले डिज्नी प्लसले 'स्टार वार्स' सिरिज, 'ओबी-वान केनोबी' र मार्वलको 'मिस मार्वल' लन्च गरेसँगै फ्याक्टसेटद्वारा पोल गरिएको विश्लेषकहरूद्वारा अपेक्षित १० मिलियनको कन्सेन्ससलाई पराजित गरेको छ।
हुलु र इएसपीएन प्लससँग मिलेर, डिज्नीले जुनको अन्त्यसम्म २२१.१ मिलियन स्ट्रिमिङ सब्स्क्राइबरहरू रहेको बताएको थियो। त्यस्तै त्यस समयमा नेटफ्लिक्को २२०.७ मिलियन स्ट्रिमिङ सब्स्क्राइबरहरू थियो।
इनभेस्टिङ डटकमका विश्लेषक हरिस अनवरका अनुसार नेटफ्लिक्सले थप सब्स्क्राइबरहरू भित्राउन संघर्ष गरिरहेको बेला डिज्नीले बजारमा राम्रो पक्कड बनाउन हासिल गरिरहेको छ। डिज्नीसँग अन्तर्राष्ट्रिय बजारहरूमा अघि बढ्नको लागि अझै धेरै ठाउँ छ।
नयाँ सब्स्क्राइबरहरूलाई आकर्षित गर्नका लागि, डिज्नीले डिसेम्बर ८ देखि प्रति महिना ७.९९ अमेरिकी डलरमा सुरु हुने विज्ञापन समावेश गरेको भर्सन ल्याउने छ, जुन अहिले विज्ञापनरहित भर्सनका लागि चार्ज गरिरहेको छ।
त्यस्तै डिसेम्बरदेखि हुलुको लागि पनि शुल्कहरू सब्सक्रिप्सन प्लान अनुसार प्रति महिना १ अमेरिकी डलरदेखि २ डलरसम्मले वृद्धि हुनेछ।
कम्पनीले बुधबार डिज्नी प्लसका भारतको क्रिकेट राइट्स गुमाएको भन्दै सब्स्क्राइबरहरूको लागि आफ्नो दीर्घकालीन सब्सक्राइबर पूर्वानुमान घटाएको छ। डिज्नीले अब सेप्टेम्बर २०२४को अन्त्यसम्ममा २१५ मिलियनदेखि २४५ मिलियन बीचसम्मको कुल डिज्नी प्लस सब्स्क्राइबरहरू प्रक्षेपण गरेको छ। जुन डिज्नीले गर्दै आएको २३० मिलियन र २६० को बीचको प्रक्षेपण भन्दा निकै कम हो।
कम्पनीले इन्डियन प्रिमियर लिग क्रिकेट खेलहरूको स्ट्रिमिङ अधिकारहरू गुमाएको कारणले आफ्नो सब्स्क्राइबरहरू थप्ने अपेक्षा कम गरेको छ। कम्पनीका प्रमुख वित्तीय अधिकारी क्रिस्टिन म्याकार्थीले डिज्नीले सेप्टेम्बर २०२४ सम्ममा ८० मिलियन डिज्नी प्लस हटस्टार सब्स्क्राइबरहरू र करिब १६५ मिलियन अन्य सब्स्क्राइबरहरू थप्ने अपेक्षा गरेका छन्।
यसका साथै कम्पनीले अझै पनि आफ्नो स्ट्रिमिङ टीभी युनिट २०२४ मा नाफामा परिणत हुने अपेक्षा गरेको छ। पछिल्लो त्रैमासिकमा, उक्त युनिटले १.१ बिलियन अमेरिकी डलर गुमाएको छ।
वित्तीय तेस्रो त्रैमासिकका लागि, डिज्नीले प्रति सेयर १.०९ अमेरिकी डलरको समायोजित आय सार्वजनिक गरेको थियो, जुन एक वर्ष अघिको तुलनामा ३६ प्रतिशतले बढी हो। वृद्धिको कारण भने डिज्नीको थिम पार्क भिजिटरहरूले भरिभराउ भएको थियो।
पार्कको सञ्चालन आम्दानी पार्क दोब्बरले बढेर ३.६ बिलियन अमेरिकी डलर पुगेको थियो भने स्ट्रिमिङ घाटाले गर्दा मिडिया र मनोरन्जन युनिटको नाफा ३२ प्रतिशतले घटेर १.४ बिलियन अमेरिकी डलरमा सीमित भएको छ।
यद्यपि, कम्पनीको समग्र आम्दानी एक वर्ष अघिको भन्दा २६ प्रतिशतले बढेर २१.५ बिलियन अमेरिकी डलर पुगेको छ। (रोयटर्सबाट साभार)