
काठमाडौं। औजार एक सोलुसन तेस्रो वर्षमा प्रवेश गरेको छ। सुरुको दिनमा दुईवटा सेवाबाट सुरु भएको औजारले अहिले सिभिल, कार्पेन्टर, प्लम्बिङ, इलेक्ट्रिसियन, रंगरोगन, फलाम, आल्मुनियम, सिपेज, टायल/मार्बल, नेटवर्किङ, सरसफाईसँग सम्बन्धित २५ भन्दा बढी सेवाहरु दिँदै आएको औजारका प्रबन्ध निर्देशक उत्सब भट्टराईले जानकारी दिए।
काठमाडौँ, ललितपुर, भक्तपुरसहित पोखरा, बुटवल, नेपालगंज, चितवन, धादिङसम्म सेवा दिइरहेको कम्पनीले पोखरा र चितवनमा आफ्नै कार्यालय स्थापना गरी थप १५ जनालाई रोजगारी प्रदान गरिरहेको भट्टराईले बताए।
हालसम्म आवास तथा व्यवसायिक भवन गरी १५६ भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिसकेको र आगामी वर्ष भित्र त्यसलाई पाँच सयभन्दा बढी पुर्याउने गरी काम भइरहेको उनले बताएश्र
यसका लागि थप दक्ष जनशक्ति खाँचो रहेको जानकारी गराउँदै भट्टराईले विदेश जानुभन्दा नेपालमै काम गर्न सुझाव दिएका छन्। एकजना प्रबन्धक, एकजना व्यवस्थापक र दुईजना बाह्य प्राविधिकबाट सेवा सुरु गरेको औजारले दुई वर्षमा १६ जना दक्ष प्राविधिक, ३२ जना अर्द्धदक्ष प्राविधिक, चारजना प्रशासक, दुईजना इन्जिनियरसहित ५४ जनाको टिम पुगेको औजारका प्रबन्धक अजयकुमार त्रिपाठीले जानकारी दिए।