चार दिनदेखि घट्दै सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँमा आइपुग्यो, चाँदी पनि घट्दै



२०७९ भदौ ३ गते ११:५९ | Aug 19, 2022


चार दिनदेखि घट्दै सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँमा आइपुग्यो, चाँदी पनि घट्दै


काठमाडौं । चार दिनदेखि क्रमिक ओरालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन पनि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ घटेको हो।

Tata
Global Ime

शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारका तुलनामा बिहीबार ३ सय रुपैयाँ घट्दा कारोबार मूल्य ९५ हजार ९ सय रुपैयाँ थियो। एक सातामा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले गिरावट भएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ छ। अघिल्लो दिनको भन्दा१५ रुपैयाँ घट्दा बिहीबार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी एक सातामा ४० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७५२ ९२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.३२ डलर छ। बिहीबार सुन प्रतिऔंस १७६३.२१ डलर र चाँदी १९.०७ डलरमा कारोबार भएको थियो।