भन्सार छलीको अनेक रूप, चामलको बिल तर ट्रकमा ३८ लाख रुपैयाँको सुर्ती र पान मसला



२०७९ भदौ ३ गते १२:५२ | Aug 19, 2022


भन्सार छलीको अनेक रूप, चामलको बिल तर ट्रकमा ३८ लाख रुपैयाँको सुर्ती र पान मसला


वीरगंज। चामल भन्दै सुर्ती र पान मसला ल्याएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले बिलबिजक भन्दा फरक सामान ल्याएको भन्दै वीरगंजको परवानीपुर चोकबाट ना ८ ख ३४२६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

Tata
Global Ime

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार उक्त मालवाहक ट्रकमा चामलको बिल मात्र साथमा रहेको तर सुर्तीजन्य वस्तु पनि लोड गरेको पाइएको थियो।

उनका अनुसार १६ बोरा सुर्ती, १४ बोरा चैनी पानमसला तथा १० बोरा चेरी पानमसला भेटिएको छ। कार्कीले ३८ लाख ६० हजार १०० मूल्य बराबरको सामग्री बरामद भएको जानकारी दिए।

प्रहरीले ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।