
काठमाडौं। सरकारले १२ वटा बोर बाख्राको पाठा (बोका) खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रिय बाख्रा अनुसन्धान परिषद्ले सोमबार सिलबन्दी बोलपत्र आह्वान गर्दै १२ वटा बोका खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।
सक्षम र इच्छुक आपूर्तिकर्ताले बोको सरकारलाई उपलब्ध गराउन सक्नेछन्। यसका लागि ३० दिनभित्र आवेदन दिन सकिन्छ।
बोर जातको बोको अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिकामध्ये एक देशको हुनु पर्ने छ। यो सर्तमै राखिएको छ। इच्छुकले तत्काल धरौटीबापत १ लाख ३० हजार जम्मा गर्नुपर्छ।
कति रुपैयाँसम्ममा बोको उपलब्ध गराउने हो त्यसको विस्तृत जानकारी गराएर आवेदन दिनु पर्ने हुन्छ। यो बोकाको मूल्य एउटैको पाँच लाख रुपैयाँसम्म पर्छ।