आर्थर गनले प्लाटिनम क्लबमा दिए प्रस्तुति, टुबोर्गको सहकार्यमा देशका पाँच सहरमा हुँदैछ ‘शो’



२०७९ भदौ ६ गते १०:३० | Aug 22, 2022


आर्थर गनले प्लाटिनम क्लबमा दिए प्रस्तुति, टुबोर्गको सहकार्यमा देशका पाँच सहरमा हुँदैछ ‘शो’


काठमाडौं। आर्थर गन दिवेश पोखरेलले टुबोर्ग 'होम कमिङ टुर' अन्तर्गत प्लाटिनम क्लबमा आफ्नो प्रस्तुति दिएका छन्। उनले कार्यक्रममा 'के पीर पर्‍यो तिमी'लाई गीतबाट सांगितिक अभियान सुरु गरेका थिए।

Tata
Global Ime

त्यसपछि 'लभ इज माई रिडेम्पसन', 'न्यानो घर' लगायतका लोकप्रिय गीत गाएका थिए। पोखरेलले क्रिडेन्स क्लियर वाटर रिभाइभलको 'ह्याब यु एभर सिन द रेन' लगायतका हिट गीत समेत गाएका थिए।

आर्थरले पोखरा, चितवन, बुटवल, धरान र विर्तामोडमा प्रस्तुती दिनेछन्। सन् २०२०मा अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनमा आर्थर गन लोकप्रिय बनेका थिए। त्यहाँ उनले बब डिलनको 'गर्ल फ्रम द नर्थ कन्ट्री' र रिभाइभलको गीत गाएका थिए। आइडलमा रहेका तीनै जना निर्णायकले उनको प्रशंशा थरेका थिए भने विश्व प्रसिद्ध गायिका केटि पेरीले 'हि इज द बेस्ट' भनेर टिप्पणी गरेकी थिईन्।

उनी सिजनको उपविजेता समेत भए। टुबोर्गको संगीतसँग निकै गाढा सम्वन्ध रहेको र नेपालमा सुरुवातदेखि नै नेपाली संगीतको उत्थानका लागि सहयोग गर्दै आएको छ।

त्यसैलाई निरन्तरता दिँदै यो टुरको प्रमुख प्रायोजक टुबोर्ग बनेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले टुबोर्गको संगीत क्षेत्रसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै आर्थर गनसँग आवद्ध हुन पाउँदा निकै गर्वको महशुस भएको बताए।