
काठमाडौं। साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य पुन: घटेको छ। सोमबार सुन तोलामा २ सय रुपैयाले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदी तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो।
यति बेला बजारमा तिज लागेकोले सुनको मागसँगै कारोबार पनि उल्लेख्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार हाल दैनिक ३० केजीभन्दा बढी सुनको माग रहेको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दो क्रममा छ। सोमबार सुन प्रतिऔंस १७४४.८२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.०५ डलर छ। आइतबार सुन प्रतिऔंस १७४७.६० डलर र चाँदी प्रतिऔंस १९.०६ डलरमा कारोबार भएको थियो।