इनोभेसनको हब बन्दै अस्ट्रेलियाको गोल्ड कोस्ट, टेकको नयाँ लहरलाई खुल्ला हातले स्वागत



२०७९ भदौ ७ गते ०८:४५ | Aug 23, 2022


सर्फरहरूको लागि स्वर्ग मानिने अस्ट्रेलियाको गोल्ड कोस्ट पछिल्लो समय स्टार्टअप तथा इनोभेसनको लागि हवको रुपमा स्थापित हुँदै गएको छ।

Tata
Global Ime

वोर्क फर्म होम तथा रिमोट वोर्किंङको विकल्प उजागर गरेको कोभिड महामारीपछिको परिदृश्यमा ठूला व्यवसायदेखि  स्टार्टअपहरूसम्म अब मेलबर्न र सिड्नी जस्ता ठूला सहरहरू केन्द्रित रहेनन्।

गत वर्ष गोल्ड कोस्ट प्रमुख शहरहरूबाट टाढा जना खोज्ने ‘मेट्रो-मूभरहरूको लागि सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ। 

एक वर्ष यता गोल्ड कोस्ट द्रुत रूपमा सस्टेनेबल उत्पादन, ब्लकचेन टेक्नोलोजी, अन्तरिक्ष प्रविधि, हाइ-टेक बस बिल्डिङ  र लक्जरी याट निर्माण जस्ता विविध व्यवसायहरूको लागि मक्काको  रुप लिइरहेको छ।

अस्ट्रेलियामा गोल्ड कोस्ट इनोभेसन तथा स्टार्टअपको केन्द्रको रुपमा विकसित हुँदै जानु प्रमुख कारण भनेको पूँजी लगानीको लागि २५ लाख अमेरिकी डलरसम्मको नगद छुट, सञ्चालन खर्चको १० प्रतिशत प्रतिपूर्ति, र योग्य कर्मचारी वा १०,००० अमेरिकी डलरसम्म, सहितका विभिन्न उदार प्रोत्साहनहरू प्रदान गर्नु साथै गैर-वित्तीय सहायता प्याकेजहरूको दायरा फराकिलो बनाउनु हुन्।

यस अर्थमा गोल्ड कोस्टले टेकको यो नयाँ लहरलाई खुल्ला हातले स्वागत गरिरहेको छ।

ठूला व्यवसायहरू र स्टार्ट-अपहरूलाई अस्ट्रेलियाको छैटौं-ठूलो सहरमा पुर्‍याउने कारकहरू यी मात्र होइनन्, आज, गोल्ड कोस्टमा पाँच मध्ये एक कर्मचारीले आफ्नो लागि काम गर्दछ।

यो सबै त्यहाँको उद्यमशीलताको  कार्यशैली र युवाहरूको महत्वाकांक्षाको परिणाम हो। यस बाहेक पनि यस शहरमा प्रति व्यक्ति देशको सबैभन्दा ठूलो शैक्षिक क्षेत्रहरू मध्ये एक छ।  जसले गोल्ड कोस्टलाई नवाचार र प्रतिभाको शहर आकार पनि दिदैँ गएको छ।

शहरमा तानिएको एउटा यस्तो कम्पनी हो। यस कम्पनीले गोल्ड कोस्टको ठूलो गोदामबाट, "ताराहरूसम्म पुग्ने बस" को रूपमा पृथ्वीको सतहबाट अर्बिटमा उपग्रहहरू ढुवानी गर्दछ। गिल्मर स्पेस टेक्नोलोजीले अहिले अष्ट्रेलियाको सानो तर बढ्दो अन्तरिक्ष क्षेत्रमा प्रभुत्व जमाइरहेको छ।

गिलमोर स्पेस टेक्नोलोजीका संस्थापक, एडम गिलमोर, निजी कम्पनीको नेतृत्वमा अन्तरिक्ष अन्वेषणको नयाँ, तथा रोमाञ्चक लहरको हिस्सा हुन्।

त्यस्तै गोल्ड कोस्टमा रहेको अर्को भर्भराउँदो फर्म हो रायन एयरोस्पेस। यसले भर्खरै "पायलट ट्रेनिङ ट्रान्सफर्मेसन नामको नयाँ कार्यक्रमको एक हिस्साको रूपमा अमेरिकी वायुसेनालाई लगभग ३०० जेट फाइटर र हेलिकप्टर प्रशिक्षण सिमुलेटरहरू आपूर्ति गर्ने सम्झौताहरूको एक श्रृंखला सुरक्षित गरेर अन्तर्राष्ट्रिय बजारमा तरंग पैदा गरेको छ।

गोल्ड कोस्टको नेरङमा स्थित यस फर्मलाई ‘भर्चुअल र मिश्रित वास्तविकता प्रविधिको लाभ उठाउने उडान प्रशिक्षण उपकरणहरूको नयाँ पुस्ताको विकासमा अग्रगामी" को रूपमा हेरिन्छ। 

गोल्ड कोस्टले आकर्षित गरेको ठूलो व्यवसाय मध्य सायद एक हो बाइभाकोर (BiVACOR)। यस मेडटेक जाइन्ट भर्करै मात्रै अमेरिकाको टेक्ससबाट गोल्ड कोस्टमा सरेको हो। त्यस्तै स्टार्टअपहरूको लागि स्वर्ग मनिने सैन फ्रान्सिस्को खाडी क्षेत्र (सिलिकन उपत्यका) बाट पनि हालै डच ब्लकचेन कम्पनी टाइमलिज,  र सर्जिकल लेजर कम्पनी प्रिसाइज लाइट सर्जिकल लगायतका कम्पनीहरू गोल्ड कोस्ट शिफ्ट भएका छन् ।

विश्वको पहिलो रोटरी कृत्रिम हृदयको पछाडि भएको बाइभाकोरले टेक्ससलाई छोडेर गोल्ड कोस्टलाई घर बनाउनुमा मुख्य कारण भनेको यस शहरको सरकार सिटी अफगोल्ड कोस्टले प्रदान गरेको आकर्षक लगानी प्रोत्साहन साथै  ग्रिफिथ युनिभर्सिटीले दिएकोअनुसन्धान सहयोग अवसरहरू नै हुन्। 

यसले "कम्पनीहरूलाई गोल्ड कोस्ट हेल्थ एन्ड नलेज प्रेसिन्क्टमा आकर्षित गर्न मद्दत गरेको छ, जहाँ उनीहरू मेडिकल, स्वास्थ्य र डिजिटल प्रविधि व्यवसायहरूको बढ्दो क्लस्टरमा सामेल हुन्छन्"।

बाइभाकोर हाइ-टेक प्रोडक्टहरू उत्पादन गर्ने धेरै स्थानीय व्यवसायहरूमध्ये एक मात्र हो। बाइभाकोरको उत्पादन उद्योगले मात्रै गोल्ड कोस्टको समग्र अर्थतन्त्रमा २५१८ मिलियन अमेरिकी डलर योगदान गर्दै आएको छ जसले यसलाई गोल्ड कोस्टमा तेस्रो-सबैभन्दा ठूलो क्षेत्र बनाउँछ।

सम्म १९५८ सम्म शहर समेत घोषित नगरिएको शहर अहिले स्टार्टअपहरूको लागि हव बन्दै छ। (रोयटर्सबाट साभार)