टाटाको ‘दसैंमा द-सही अफर’, ७० प्रतिशतसम्म फाइनान्सको सुविधा, आकर्षक उपहार पनि



२०७९ भदौ ७ गते १७:१२ | Aug 23, 2022


टाटाको ‘दसैंमा द-सही अफर’, ७० प्रतिशतसम्म फाइनान्सको सुविधा, आकर्षक उपहार पनि


काठमाडौं। टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले 'दसैंमा द-सही अफर' ल्याएको छ। यो वर्षको दसैंलाई थप उत्साहजनक बनाउन यो अफर ल्याएको कम्पनीले जनाएको छ।

Tata
Global Ime

यो योजना अन्तर्गत ग्राहकहरुले टाटाको कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टीभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ। साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन्।

सिप्रदीका कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले हरेक वर्षझैँ यसपाली दसैंलाई लक्षित गर्दै योजना ल्याएको बताउँदै ७० प्रतिशत फाइनान्स सुविधाले ग्राहकलाई सहजता प्रदान गर्ने बताए।

अफर बारे विस्तृत जानकारीका लागि फेसबुक पेज 'टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल' हेर्न सकिने कम्पनीले जनाएको छ।