
काठमाडौं। टुबोर्गले सन् २०२२ का लागि सांगीतिक क्याम्पेन आयोजना गर्दै छ। यस वर्षका लागि टुबोर्गले 'टेक द स्टेज' थिममा क्याम्पेन गर्न लागेको जानकारी दिएको छ।
यसपटक टुबोर्गले आफ्नो क्याम्पेनमा अमेरिकी संगीतकर्मी जेसन डेरुलो र नेपाली कलाकार भेकलाई जोडेको छ।
यस क्याम्पेन अन्तर्गत अन्तराष्ट्रिय विश्वप्रख्यात कलाकार उदयीमान स्वदेशी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनीहरुलाई संगीत र प्रस्तुतीबारे मार्गदर्शन गर्ने गरेका छन् ।
टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको जनाएको छ ।
क्याम्पेनबारे गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर आशिष बिष्टले भने, “टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्र मा एकदम गहिरो छ। चाहे त्यो संगीतको बिधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा ई.डि.म नै होस्, टुबोर्गले सधै संगीतलाई समर्थन गर्दै आएको छ । टुबोर्गले संगीतबाट देश तथा विदेशमा रहेका कलाकारहरु लाई जोड्न सफल भएको छ।”
अमेरिकी संगीतकर्मी जेसन डेरुलोले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्युजिल्याण्डमा नम्बर एक बन्न सफल भएको थियो।
यसैगरी भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदयीमान संगीतकर्मी हुन्। उनले छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् ।
गत महिना जसेन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को इमर्जिङ कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्केको कम्पनीले जनाएको छ।
यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिप र सिकाइलाई प्रयोग गरी नयाँ गीत बनाइरहेका छन्। यो केही महिनाभित्रै सार्वजनिक हुने बताइएको छ।