ट्वीटरले टक्सिक कन्टेन्ट र 'स्पाम बट' कम गर्न काम गर्ने टोलीहरूलाई संयोजन गरिरहेको छ। कम्पनीले यी काम राम्रोसँग गर्न असफल भएको एक पूर्व कार्यकारीले लगाएको आरोपका बीच यो समाचार सार्वजनिक गरेको हो।
उक्त सोसल मिडिया कम्पनीले गलत जानकारी र हानिकारक कन्टेन्ट कम गर्न काम गर्ने आफ्नो ‘हेल्थ एक्पेरियन्स’ टिमलाई प्रयोगकर्ताहरूले रिपोर्ट गर्ने प्रोफाइल समीक्षा गर्न र स्पाम खाताहरू हटाउन जिम्मेवार ट्वीटर सर्भिस टिमसँग संयोजन गर्दै छ।
कम्पनीका कर्मचारीहरूलाई पठाइको ईमेल अनुसार दुई टिमहरूको संयोजनबाट बनेको नयाँ ग्रुपलाई ‘हेल्थ प्रडोक्टस् एण्ड सर्भिसेस् (एजपीएस)’ भनिनेछ। ‘हेल्थ एण्ड ट्वीटर सर्भिस’ उत्पादनतर्फको उपाध्यक्ष एला इरविनले नै एजपिएस टोलीको नेतृत्व गर्ने भएकी छन्।
‘हामीलाई विशेष समस्याहरूमा ध्यान केन्द्रित गर्न सिङ्गो एक टोलीको रूपमा सँगै काम गर्ने टिमहरू चाहिन्छ,’ इरविनले कर्मचारीलाई पठाइएको इमेलमा लेखेकी छन्।
कम्पनीको सुरक्षा तथा टक्सिक कन्टेन्ट र 'स्पाम बट'लाई नियन्त्रण गर्न सफल रहेको भन्दै ट्वीटरले चौतर्फी आलोचना खेपिरहेको छ। यस्तो अवस्थामा एजपीएस टिमको स्थापनाले ठूलो महत्त्व राख्छ।
ट्वीटरका एक पूर्व सुरक्षा प्रमुख र सम्मानित ह्याकर, पिटर ज्याट्को कम्पनीले ह्याकरहरू र स्पाम खाताहरू विरुद्ध यसको सुरक्षाको बारेमा संघीय नियामकहरूलाई भ्रामक गरेको आरोप लगाएका थिए।
त्यस्तै ट्वीटरले टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले पनि सोही कारणले कम्पनी किन्नको लागि गरेको ४४ अर्ब अमेरिकी डलर सम्झौताबाट पछि हटेका थिए। हाल यो मुद्दा अदालतमा पुगेको छ।
ट्वीटरले मंगलबार ज्याट्को यस अघि लगाएको आरोपलाई नकार्दै ज्याट्कोले आफूतिर ध्यान खिच्न तथा कम्पनीलाई हानी पुर्याउने उद्देश्यका साथ सो आरोप लगाएको बताएको छ। यो सँगै ट्वीटरले आफू स्पाम र बोटका विषयमा लिएको अडानमा नै अडिग रहेको जनाएको छ।
ट्वीटरले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव अघि गलत सूचनाको प्रसारको विरूद्ध आफ्नो प्रतिरक्षालाई बलियो बनाउने तयारी समेत गरिरहेको छ।
ट्वीटरका एक प्रवक्ताले भने-'टक्सिक कन्टेन्ट र स्पाम टिमहरूको पुनर्गठनले हाम्रा लक्ष्यहरू पछ्याउन हाम्रो टोलीहरूलाई केन्द्रित गर्दछ र प्राथमिकता दिने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’
हानिकारक तथा टक्सिक कन्टेन्टहरू कम गर्न जिम्मेवार टिमहरू भर्खरै कर्मचारी प्रस्थानबाट नराम्ररी प्रभावित भएको छ। उपभोक्ता उत्पादन र रेभेन्यूको निरीक्षण गर्ने केभोन बेकपोर र ब्रुस फाल्क लगायतका उच्च श्रेणीका अधिकारीहरूले पनि हालै मस्कसँगको अराजकताको बीचमा कम्पनी छोडेका छन्।
कम्पनीका एक कर्मचारीको अनुसार पुनर्गठनले उनीहरूको काममा उल्लेखनीय प्रभाव पारेको देखिएको छैन। त्यस्तै ट्वीटरमा सुरक्षामा काम गर्ने एक पूर्व कर्मचारीले पनि फेरबदलले केही सुधार नल्याउने अनुमान गरेका छन्।
स्पाम खाताहरूको साथ कम्पनीको समस्यालाई एउटा टोलीले सहजै व्यवस्थापन नगर्न सक्ने भन्दा समस्याको जरो निकै गहिरो रहेको उनले दाबी गरेका छन्। (रोयटर्सबाट साभार)