स्कोडाको नयाँ इलेक्ट्रिक एसयुभीको अवधारणा अगस्टमै सार्वजनिक हुँदै, यस्ता छन् विशेषता



२०७९ भदौ ९ गते १४:४१ | Aug 25, 2022


स्कोडाको नयाँ इलेक्ट्रिक एसयुभीको अवधारणा अगस्टमै सार्वजनिक हुँदै, यस्ता छन् विशेषता


काठमाडौं। स्कोडाको नयाँ इलेक्ट्रिक एसयुभीको अवधारणा गष्टमा सार्वजनिक हुने भएको छ। कम्पनीले उक्त गाडी भिजन ७-एस इलेक्ट्रिक मोडल अगस्ट ३० मा ग्लोबल डेब्यू गर्ने भएको कम्पनीले जनाएको छ।

Tata
Global Ime

यस एसयुभीमा बाहिरी डिजाइन र अद्वितीय सिट लेआउट समावेश गरिने स्कोडाले जनाएको छ। यसमा सातजना बस्न मिल्ने गरी डिजाइन गरिएको छ। जसलाई कम्पनीले पारिवारिक कारको रुपमा विकास गरिएको बताएको छ। भित्री सबै प्यासेन्जरहरुको लागि खुला ठाउँ उपलब्ध हुनेछ।

स्केच अनुसार तिखो आकारको बोनेटले प्रख्यात स्कोडा लाइनलाई चिनाउने कोसिस गर्दछ। स्कोडा भिजन ७ एसले नयाँ डिजाइन गरिएको बम्पर राखिनेछ। गाडीको तल्लो भागमा आल्युमिनियम अन्डरराइड गार्ड लगाइएको छ।

यसले ठूला एरोडायनामिकली अप्टिमाइज्ड ह्वीलहरू पाउँछ जसले एसयुभीलाई ठूलो टायरमा विकास गरिरहेको छ।

त्यसैगरी स्केच अनुसार डिजिटल क्लस्टरको साथमा आयताकार आकारको स्टेयरिङ ह्वील पनि देख्न सक्छौं। यसबाहेक यसमा रहेको केबिन व्यवहारिक रहेको दाबी कम्पनीको छ। यसमा आफूलाई कसरी ठिक हुन्छ त्यसैगरी सिटहरु मिलाउन सकिने दुईवटा मोडहरू उपलब्ध रहेका छन्।

यो गाडीलाई कम्पनीले एकपटकको फुलचार्जमा ४८२ किलोमिटरसम्म दूरी पार्न गर्ने सक्ने ब्याट्री समावेश हुने जनाएको छ।