फोटोनको टुनल्यान्ड इ प्लस स्पोर्टी पिकअपको नेपाली बजारमा बिक्री सुरु, मूल्य कति?



२०७९ भदौ १० गते ०९:०४ | Aug 26, 2022


फोटोनको टुनल्यान्ड इ प्लस स्पोर्टी पिकअपको नेपाली बजारमा बिक्री सुरु, मूल्य कति?


काठमाडौं। फोटोनको नयाँ टुनल्यान्ड इ प्लस पिकअप नेपाली बजारमा बिक्री सुरु गरिएको छ। फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण टुनल्याण्ड इ प्लस पिकअप बिहीबारदेखि बिक्री सुरु गरेको हो।

Tata
Global Ime

कम्पनीका अनुसार फोटोन टुनल्याण्ड इ प्लस स्पोर्टी लुक्समा तयार पारिएको पिकअप हो। यसको अगाडिको भाग निकै आकर्षक छ। क्रोम सहितको ग्रिल, बीचमा दिइएको फोटोनको लोगो, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, रनिङ्ग बोर्ड, क्ल्याम्पर, एन्टी-रोल ओभर बार र बेड लाइनर जस्ता उत्कृष्ट उपकरण यसमा पाउन सकिने कम्पनीले जनाएको छ।

टुनल्याण्ड इ प्लसको मूल्य ६० लाख ९० हजार रुपैयाँ तोकेर कम्पनीले बिक्री सुरु गरेको छ।

बिक्रेता कम्पनी वृद्धिले बिक्री गर्दै आएको अरु पिकअपहरुको तुलनामा नयाँ मोडलमा फिचर, पावर, सुरक्षाका विषयहरु थप भएर आएको जानकारी दिएको छ। यो नयाँ टुनल्याण्ड इ प्लसमा इलेक्ट्रीक ब्रेक डिस्ट्रिब्यूसन सहितको एबीएस, एयरव्याग जस्ता सुरक्षाका फिचर उपलब्ध छ।

यसमा नयाँ २.० लिटर इनलाइन डिजेल इन्जिन उपलब्ध छ। यसमा भएको इन्जिनले १४९ वटा घोडाले प्रदान गर्ने जति हर्षपावर रहेको छ। जसले ३२० एनएमको क्षमता उत्पादन गर्न सक्छ। जसलाई पिक पावर भनिन्छ। यसले गाडीमा भएको इन्जिनको क्षमतालाई बुझाउँछ। यसमा ६ स्पीड म्यानुअल गियरबक्स रहेकको छ।

कम्पनीका अनुसार यस टुनल्याण्ड इ प्लसले एक हजार ५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता रहेको जनाएको छ। ग्राउन्ड ग्राउण्ड क्लियरेन्सको कुरा गर्दा यसमा २२० एमएमको रहेको छ। यो नेपालमा रहेको अफरोडहरुका लागि फिट हुने भएकाले यसलाई सहज रुपमा चलाउन सकिने कम्पनीको भनाइ छ।