‘पैंचोको उत्पादन’ अब अमेरिकामा, ‘अमेरिकामा पैंचोको उत्पादन अत्यधिक रुचाइयो’



२०७९ भदौ १० गते १६:१५ | Aug 26, 2022


‘पैंचोको उत्पादन’ अब अमेरिकामा, ‘अमेरिकामा पैंचोको उत्पादन अत्यधिक रुचाइयो’


Tata
Global Ime

काठमाडौं। पैंचो पसल प्रालिले उत्पादन गरेको ‘उत्पादनहरु'  अमेरिकाका विभिन्न राज्यमा पनि उपलब्ध हुने थालेको छ। पैंचोका उत्पादन अमेरिका पुर्‍याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिमसँग सम्झौता गरेको छ।

अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्कले अग्नि एक्जिम प्रालिबाट आयात गरेर एक्पोर्ट फर्म नेपाल आईएनसी मार्फत अमेरिकाभर वितरण गरिरहेको छ। 

अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैंचो पसलका बजार ब्यवस्थापक लक्ष्मण गैरेले बताए। ‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन्। फर्किदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगेपनि लामो समय विदेशमा बस्दा स्वदेशी खाद्यवस्तुको अभाव महशुस भैरहेको हुन्छ। त्यसैले पैंचोले अहिले नेपालको ग्रामीण स्वादलाई नेपालीमाझ पुर्याउने योजना अगाडि बढाएको हो,' उनले भने।’

गुल्मीबाट सुरु भएको पैंचो पसलले पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ।  पैंचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल रहेको दाबी गरिएको छ।  

कम्पनीले विगतदेखि नै जापान, अष्ट्रेलिया र यूरोपका धेरै देशमा पैंचोका उत्पादन पुर्याइसकेको गैरैले बताए। पैंचोको उत्पादनमा १० हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध भएको बताइएको छ।