भृकुटीमण्डपमा विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रो टेक मेला हुने, स्टल बुकिङ सुरु



२०७९ भदौ ११ गते १०:५४ | Aug 27, 2022


काठमाडौं। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा 'निक इलेक्ट्रो टेक २०२२' दसौं संस्करण मंसिर २२-२५ गते काठमाडौंमा हुने भएको छ।

Tata
Global Ime

विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्धि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागिे ऊर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी भृकुटीमण्डपमा आयोजना हुने महासंघले जनाएको छ ।

महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ऊर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्‍वान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामाग्रीहरू, ऊर्जा उत्पादक यन्त्रहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ, वायर लगायतका सामाग्रीहरु प्रदर्शनीमा देखिनेछ।

प्रदर्शनीमा केबल तथा कण्डक्टरहरू, एलइडी लाइटिङ पिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारीसाधन तथा वैकल्पिक ऊर्जा कम्पनीहरू पनि सहभागी हुन सक्ने आयोजकले जनाएका छन्।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ।