टाटाले ल्यायो नेक्सन, ह्यारियर र सफारीको जेट संस्करण, कलर विकल्प र सुरक्षाका विशेषता थप



२०७९ भदौ १२ गते ०९:४९ | Aug 28, 2022


टाटाले ल्यायो नेक्सन, ह्यारियर र सफारीको जेट संस्करण, कलर विकल्प र सुरक्षाका विशेषता थप


काठमाडौं। टाटा मोटर्सले नेक्सन, ह्यारियर र सफारी एसयूभीको टप भेरियन्टका जेट संस्करण भारतमा सार्वजनिक गरेको छ।

Tata
Global Ime

विशेषगरी जेट संस्करणमा नयाँ कलर विकल्प रोज्न पाइन्छ। ब्रन्ज कलरको बडी र सिल्भर कलरको छत, कालो कलरको अलोय ह्वील, सिल्भर कलरको स्कीड प्लेट पनि समावेश गरिएको छ। साथै, ड्यासबोर्डको कलर पनि फरक प्रदान गरिएको छ।

टाटाले जेट संस्करणमा ल्याएको सबैभन्दा सस्तो मोडल नेक्सन रहेको छ। यसको मूल्य भारतमा १२ लाख १३ हजार भारु रहेको छ। यस्तै सबैभन्दा धेरै महंगो मोडल सफारी रहेको छ। यसको मूल्य भारतमा २२ लाख २० हजार भारु रहेको छ।

कम्पनीले नेक्सनको जेट संस्करणमा ४ भेरियन्ट उपलब्ध रहेको जनाएको छ। साथै, सफारीको पनि ४ भेरियन्ट र ह्यारियरको दुई भेरियन्ट मात्रै जेटमा उपलब्ध रहेका छन्। कम्पनीले नेक्सनमा वायरलेस चार्जर थप गरेको छ।

सफारी र ह्यारियरमा सुरक्षा फिचर थप गरेको छ। कम्पनीले ड्राइभरको लागि सहयोगी फिचर पेनिक ब्रेक अलर्ट, ड्राइभर ड्रनेस अलर्ट, चारवटै चक्कामा डिस्क ब्रेक, नयाँ हेडरेष्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक जस्ता फिचर थप गरेको छ।

यी मोडलमा पहिलेकै पावरट्रेनहरू उपलब्ध रहेका छन्। यसलाई कुनै परिवर्तन गरिएको छैन। नेक्सनमा १२९ हर्षपावरको १.२-लिटर टर्बो-पेट्रोल इन्जिन रहेको छ। यसैगरी ११० हर्षपावरको १.५-डिजेल इन्जिनसँग पनि उपलब्ध रहेको छ। यी दुवै इन्जिनहरू ६ स्पिडको म्यानुअल वा अटोमेटिक गियरवक्स रहेका छन्।

ह्यारियर र सफारीमा पनि १७० हर्षपावरको साथ २.०-लिटर डिजेल इन्जिन रहेको छ। उक्त इन्जिन ६-स्पीड म्यानुअल र अटोमेटिक गियरबक्ससँग उपलब्ध छ।