
काठमाडौं।गत साता क्रमिक उकालो लागेको सुनको मूल्य साताको पहिलो दिन घटेको छ। शुक्रवारको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बजार मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रवार सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम भएको छ। गत शुक्रवार चाँदी प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा परेको छ। सुन प्रतिऔंस १७३८.१० डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९१ डलर छ।