युरोलाई अमेरिकी डलरले उछिन्यो, एक डलर बराबर १२८.०९ रुपैयाँ, एक युरोको भाउ १२७.६२ रुपैयाँ



२०७९ भदौ १३ गते ०९:०४ | Aug 29, 2022


युरोलाई अमेरिकी डलरले उछिन्यो, एक डलर बराबर १२८.०९ रुपैयाँ, एक युरोको भाउ १२७.६२ रुपैयाँ


काठमाडौं। गत असार २८ मै अमेरिकी डलर र युरोपियन मुद्राको भाउ बराबर आएपछि नेपाली रुपैयाँसँग तुलना गर्दा डलरले युरोलाई जित्न सकेको थिएन।

Tata
Global Ime

सोमबार भने डलरले युरोलाई उछिनेको छ। २० बर्षपछि डलरले युरोलाई उछिनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि प्रकाशित गरेको विनिमय दर अनुसार, एक डलर बराबर १२८ रुपैयाँ ९ पैसा कायम छ। यता एक युरो बराबर १२७ रुपैयाँ ६२ पैसा कायम भएको छ।

सीएनएनका अनुसार, यो चमत्कार २० वर्षपछि भएको हो। युरो जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो।

पछिल्ला ५ महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते एक बराबर एकमा आएको थियो। नेपाली रुपैयाँसँग विनिमय दर कायम गर्दा सोमबार डलरले युरोलाई जितेको हो।

रुस-युक्रेन युद्ध र कोभिड पछाडिको बैश्विक आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ।