काठमाडौं। महिन्द्राको नयाँ 'स्कोर्पियो एन' मोडल सेप्टेम्बर अन्तिमदेखि मात्र डेलिभरी हुने भएको छ।
कम्पनीले गत महिना स्कोर्पियो एन मोडल ३ वटा देशबाट एकै पटक सार्वजनिक गरेको थियो। कम्पनीले यस गाडीका लागि बुकिङ खोलेको आधा घन्टामा एक लाख युनिटको माग आएको थियो।
कम्पनीका अनुसार उक्त गाडी नोभेम्बरसम्ममा २५ हजार युनिट डेलिभरी भइसक्नेछ। ग्राहकलाई १० दिनभित्र ७ हजार युनिट डेलिभरी गरिने दाबी कम्पनीले गरेको छ।
कम्पनीले लन्च गर्ने बेला तोकिएको मूल्य पेट्रोल-म्यानुअल भेरियन्टको ११ लाख ९९ हजार भारु र टप डिजेल अटोमेटिक भेरियन्टको २१ लाख ६५ हजार भारु छ।
हाल भएको एक लाखको बुकिङमा २५ हजार जनाले मात्रै उक्त मूल्यमा महिन्द्राको नयाँ एसयुभी किन्न पाउनेछन्। त्यपछिका ग्राहकहरुका लागि भने कम्पनीले गाडीको मूल्य बढाएर बिक्री गर्ने जनाएको छ।
नेपालमा पनि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आयात चाडै खोल्ने आशामा उक्त गाडी सार्वजनिक गरेको थियो। तर उक्त गाडी भित्रिन्छ भन्नेमा अन्योल छ। नेपाल सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छैन। आयात खुला नभइ टुंगो नहुने अग्निले जनाएको छ।