काठमाडौं। स्कोडाको नयाँ इलेक्ट्रिक भिजन ७-एस एसयुभीको अवधारणा सार्वजनिक भएको छ। कम्पनीका अनुसार उक्त गाडी भिजन ७-एस इलेक्ट्रिक मोडल बुधबार ग्लोबल डेब्यू गरेको हो।
यो गाडीले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्म चल्न सक्दछ। यसमा ८९ किलोवाट क्षमताको ब्याट्री राखिएको छ।
यस एसयुभीमा बाहिरी डिजाइन र अद्वितीय सिट लेआउट समावेश गरिने स्कोडाले जनाएको छ। यसमा सातजना बस्न मिल्ने गरी डिजाइन गरिएको छ। जसलाई कम्पनीले पारिवारिक कारको रुपमा विकास गरिएको बताएको छ। भित्री सबै प्यासेन्जरहरुको लागि खुला ठाउँ उपलब्ध हुनेछ।
स्केच अनुसार तिखो आकारको बोनेटले प्रख्यात स्कोडा लाइनलाई चिनाउने कोसिस गर्दछ। स्कोडा भिजन ७ एसमा नयाँ डिजाइन गरिएको बम्पर राखिनेछ। गाडीको तल्लो भागमा आल्युमिनियम अन्डरराइड गार्ड लगाइएको छ।
यसले ठूला एरोडायनामिकली अप्टिमाइज्ड ह्वीलहरू पाउँछ जसले एसयुभीलाई ठूलो टायरमा विकास गरिरहेको छ।
त्यसैगरी स्केच अनुसार डिजिटल क्लस्टरको साथमा आयताकार आकारको स्टेयरिङ ह्वील पनि देख्न सक्छौं। यसबाहेक यसमा रहेको केबिन व्यवहारिक रहेको दाबी कम्पनीको छ। यसमा आफूलाई कसरी ठिक हुन्छ त्यसैगरी सिटहरु मिलाउन सकिने दुईवटा मोडहरू उपलब्ध रहेका छन्।