यती डिस्टिलरीको ‘८८४८ भोड्का’ नयाँ स्वाद र प्याकेजिङमा, नियमितभन्दा २५० रुपैयाँ महँगो



२०७९ भदौ १६ गते १५:३४ | Sep 1, 2022


यती डिस्टिलरीको ‘८८४८ भोड्का’ नयाँ स्वाद र प्याकेजिङमा, नियमितभन्दा २५० रुपैयाँ महँगो


काठमाडौं। यती डिस्टिलरी प्रालिले नयाँ स्वाद र प्याकेजिङमा ‘८८४८ भोड्का’ बजारमा ल्याएको छ। यसअघिको भोड्कामा कम्पनीले गहुँको प्रयोग गर्थ्यो भने नयाँ भोड्कामा पाउरोटीमा प्रयोग हुने राइको (अन्य) प्रयोग गर्छ।

Tata
Global Ime

भोड्काको बोतलको बाहिरी आवरण चित्र छिरङ शेर्पाले गरेका छन्। हिमालयन क्षेत्रको चित्रमा हिमालयको मनोभाव समेटिएको छ।

बिहीबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत भोड्का सार्वजनिक गरिएको छ। नियमित ‘८८४८ भोड्का’ को मूल्य २१०० रुपैयाँ छ भने यो केही महँगो छ। नयाँ भोड्काको मूल्य २३५० रुपैयाँ पर्ने छ।

भोड्का पारखीहरुको स्वाद वृद्धिका लागि नयाँ भोड्का ल्याइएको कम्पनीका अध्यक्ष रवि केसीले पत्रकार सम्मेलनमा जानकारी दिए। कम्पनीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले नयाँ भोड्का शुक्रबार अर्थात भदौ १७ गतेबाट उपलब्ध हुने बताए।