दिवेशको चितवन, पोखरा हुँदै बुटवलमा प्रस्तुति, टुबोर्गको सहकार्यमा गर्दैछन् कार्यक्रम



२०७९ भदौ १६ गते २१:०८ | Sep 1, 2022


दिवेशको चितवन, पोखरा हुँदै बुटवलमा प्रस्तुति, टुबोर्गको सहकार्यमा गर्दैछन् कार्यक्रम


काठमाडौं। आर्थर गन (दिवेश पोखरेल)ले बुटवलमा आफ्नो प्रस्तुति दिएका छन्। टुबोर्ग होमकमिङ टुर अन्तर्गत पोखरेलले यो प्रस्तुति दिएका हुन्।

Tata
Global Ime

उनले यसअघि काठमाडौंको क्लब प्लाटिनम, चितवनको लाइम एण्ड लेमन लाउन्ज र पोखराको रोलिङ स्टोन्समा आफ्नो प्रस्तुति दिइसकेका छन्।

बुटवलमा उनले उनले कार्यक्रममा 'के पीर पर्‍यो तिमी'लाई गीतबाट सांगीतिक अभियान सुरु गरेका थिए। त्यसपछि 'लभ इज माई रिडेम्पसन', 'न्यानो घर' लगायतका लोकप्रिय गीत गाएका थिए। उनले धरान, बिर्तामोड र कीर्तिपुरमा प्रस्तुति दिन बाँकी छ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनमा आर्थर गन लोकप्रिय बनेका थिए। त्यहाँ उनले बब डिलनको 'गर्ल फ्रम द नर्थ कन्ट्री' र रिभाइभलको गीत गाएका थिए। आइडलमा रहेका तीनै जना निर्णायकले उनको प्रशंसा गरेका थिए भने विश्वप्रसिद्ध गायिका केटि पेरीले 'ही इज द बेस्ट' भनेर टिप्पणी गरेकी थिइन।

उनी सिजनको उपविजेता समेत भए। टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको र नेपालमा सुरुवातदेखि नै नेपाली संगीतको उत्थानका लागि सहयोग गर्दै आएको छ।

त्यसैलाई निरन्तरता दिँदै यो टुरको प्रमुख प्रायोजक टुबोर्ग बनेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले टुबोर्गको संगीत क्षेत्रसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्वको महसुस भएको बताए।