
काठमाडौं। टाटाले भारतमा नेक्सन इभी प्राइम र म्याक्स मोडललाई पनि जेट संस्करणमा ल्याएको छ। पछिल्लो पटक टाटाले इन्धन भेरियन्टका नेक्सनहरु सबै जेट संस्करणमा ल्याएको थियो। अहिले कम्पनीले विद्युतीय भेरियन्टलाई पनि जेट संस्करणमा ल्याएको हो।
कम्पनीले यी दुई भेरियन्टको भारतमा मूल्य प्राइमको १७.५० लाख भारु र म्याक्सको १९.५४ लाख भारु तोकेको छ। कम्पनीले टप भेरियन्टलाई मात्र जेट संस्करणमा ल्याएको छ।
कम्पनीका अनुसार यी भेरियन्टहरुको एक्सटेरियरमा मात्र परिवर्तन गरिएको छ तर केही अपग्रेड भने गरिएको छैन। कलर विकल्पहरु दिइएका छन्। इन्टेरियरहरु पहिलेको भन्दा अलि फरक बनाइएका छन्।
टाटा नेक्सन इभी म्याक्समा भएको ४०.५ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४३७ किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ। यस्तै नेक्सन इभी प्राइममा भएको ३०.२ किलोवाट क्षमता भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर दुरी पार गर्न सकिन्छ।
तर सडकमा भने नेक्सन इभीले २२० किलोमिटर रेन्ज मात्र प्रदान गर्ने गरेको छ।