फोनपे एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२ बाट सम्मानित, डिजिटल नेपाल निर्माणमा उल्लेख्य योगदान



२०७९ भदौ १८ गते १०:५८ | Sep 3, 2022


फोनपे एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२ बाट सम्मानित, डिजिटल नेपाल निर्माणमा उल्लेख्य योगदान


काठमाडौं। फोनपे भिसाको ‘एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल कार्यक्रममा फोनपेलाई सम्मान गरिएको हो। 

Tata
Global Ime

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तर बैंक रकम ट्रान्सफरलगायतका कारोबार गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो। 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ७ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।