कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको ‘गोर्खा: बिनिथ द ब्रेभरी’ काठमाडौंमा प्रिमियर



२०७९ भदौ २० गते ११:३७ | Sep 5, 2022


कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको ‘गोर्खा: बिनिथ द ब्रेभरी’ काठमाडौंमा प्रिमियर


काठमाडौं। गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ। 

Tata
Global Ime

खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो। खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम छ। 

निर्माण पक्षका अनुसार ‘गोर्खा: बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो। यो मुभीको शोहरुबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रष्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ। खुकुरी रम प्रमोसनल पार्टनरको रुपमा रहेको यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ।

यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ। सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाहरूले लुस (फ्रान्स)मा ठूलो आक्रमण गरेका थिए। उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भएका थिए।

तर, उनी बाँच्न सफल भए। घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए। यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो। यही कथा चलचित्रमा देख्न पाइन्छ।