पश्चिमा गाडी उत्पादकहरु रुसबाट बाहिरिँदा अगष्टमा नयाँ कारको बिक्री ६२ प्रतिशतले घट्यो



२०७९ भदौ २१ गते १७:०२ | Sep 6, 2022


काठमाडौं। एसोसिएसन अफ युरोपियन बिजनेस (एइबी) का अनुसार अगस्टमा रूसमा नयाँ कारको बिक्री गत वर्षको तुलनामा ६२.४ प्रतिशतले घटेको छ।

Tata
Global Ime

जुन जुलाईमा ७४.९ प्रतिशतले घटेको थियो। अटो कम्पनीहरुले अगष्टमा कुल ४१ हजार ६९८ नयाँ कारहरू बेचेका छन्। अगस्ट २०२१ मा एक लाख १० हजार नयाँ कार बिक्री भएको थियो।

रसियाको अटो उद्योग विदेशी लगानी, आपूर्ति चेन र पार्टपुर्जाहरूमा धेरै निर्भर छ। यतिबेला रुसको अटो बजार फेब्रुअरीको अन्त्यमा युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा रूसमाथि लगाइएको पश्चिमी प्रतिबन्धहरूबाट प्रभावित भएको छ।

धेरै गाडी उत्पादन प्लान्टहरूले उत्पादन निलम्बन गरेका छन्। उच्च प्रविधिका उपकरण तथा चिपको अभाव र पश्चिमी उत्पादकहरूले रुसबाट बाहिरिने निर्णय गरेका कारण कामदारहरूलाई छुट्टि दिएका छन्।