
काठमाडौं। तीन दिनदेखि क्रमिक बढ्न थालेको सुनको मूल्य पुन: घटेको छ । बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबारका तुलनामा बुधबार तोलामा एक हजार रुपैयाँ घटेको हो। साताको दोस्रो दिनका तुलनामा मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर मूल्य निर्धारण भएको थियो।
चाँदीमा पनि गिरावट छ। १५ रुपैयाँले घटेर बुधबारको कारोबार मूल्य प्रतितोला ११ सय १० रुपैयाँ भएको छ।
मंगलबार १० रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। प्रतिऔंस १७१५.४५ डलरमा मंगलबार कारोबार भएको सुन बुधबार प्रतिऔंस १६९३.६० डलरमा आएको छ।
चाँदी पनि प्रतिऔंस १८.२७ डलरबाट घटेर १७.९१ डलरमा कारोबार भइरहेको छ।