उड्डयन क्षेत्रमा लगानी बढाउँदै साउदी सरकार, अर्बौ डलरमा नयाँ वायुसेवा कम्पनी ल्याउँदै



२०७९ भदौ २२ गते १५:२५ | Sep 7, 2022


उड्डयन क्षेत्रमा लगानी बढाउँदै साउदी सरकार, अर्बौ डलरमा नयाँ वायुसेवा कम्पनी ल्याउँदै


काठमाडौं। विश्व उड्डयन उद्योगमा आक्रामक देखिएको साउदी अरेबियाले अर्बौ अमेरिकी डलरको लागतमा बहुअन्तर्राष्ट्रिय वायुसेवा कम्पनी संचालनमा ल्याउने भएको छ। यो नयाँ कम्पनी साउदीकै दोस्रो ध्वजावाहक हुने जनाइएको छ।

Tata
Global Ime

स्थानीयदेखि विश्व बजारमा अरबी व्यापार प्रवर्द्धन गर्न दोस्रो ध्वजावाहक कम्पनी संचालनमा ल्याउन साउदीले एक वर्षयता गृहकार्य गर्दै आएको छ। राजकुमार मोहम्मद विन सलमानको निर्णयमा यो दोस्रो ध्वजावाहक कम्पनीको नाम 'रिया' राखिएको छ।

रियाले रियाद बेस रहेर आन्तरिक र विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने योजना छ।

हाल साउदीले आफ्नो मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने व्यवसायिक योजना अघि बढाएको छ। संसारभरका मुस्लिम धर्मावलम्बी हज गर्न साउदी पुग्छन्। 

सन् २०३० सम्ममा उड्डयन उद्योग विस्तारका लागि साउदीले एक खर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। साउदीमा आउजाउ गर्ने अधिकांश यात्रु मध्यपूर्वी क्षेत्रका छन् भने २० प्रतिशत एसिया प्यासिफिक र १० प्रतिशत अफ्रिकाका हुने गरेका छन्। साउदी सरकारले सन् २०३० सम्ममा ३ करोड यात्रुको आउजाउ हुने प्रक्षेपण गरेको छ।

हाल साउदीमा वार्षिक ४० लाख यात्रुले उडान सेवा लिँदै आएका छन्।