एप्पलले फार आउट कार्यक्रममार्फत आईफोनहरू, वाच सिरिज एट र अन्य उत्पादनहरुको नयाँ लाइन लञ्च गर्नेछ। एप्पलले आफ्ना प्रतिबद्ध ग्राहकलगायत विश्वले यो कार्यक्रमको प्रतीक्षा गरिरहेको जनाएको छ।
‘फार आउट’ कार्यक्रम क्यालिफोर्नियाको कपर्टिनोमा रहेको एप्पलको मुख्यालयमा रहेको स्टीभ जब्स थिएटरमा नेपाली समय अनुसार आज राति ९:४५ मा हुँदैछ। यो कोभिड महामारीपछि हुन लागेको कम्पनीको पहिलो इन-डोर कार्यक्रम हो।
संसारभरका मानिसको ध्यान खिचेको यस कार्यक्रममा कम्पनीले महत्वपूर्ण घोषणा गर्दैछ।
एप्पलले सामान्यतया सेप्टेम्बर कार्यक्रममा नयाँ आईफोन लञ्च गर्दछ। यस वर्ष उक्त कार्यक्रमबाट एप्पलले आईफोन फोर्टिन लञ्च गर्दै छ। यो आईफोनमा क्यामेरा, स्टोरेज र डिजाइन, साथै स्याटेलाइट नेटवर्क कनेक्टिभिटीमा अपडेट गर्ने अपेक्षा गरिएको छ।
रिपोर्टहरूका अनुसार आईफोनको ‘मिनी’ संस्करण भने बन्द हुन सक्ने सम्भावना छ।
एप्पलको प्रमुख उत्पादनका लागि मूल्य निर्धारण र बन्डलिङ विकल्पहरू दशकौं-उच्च मुद्रास्फीति बीच कस्तो रहने कुरा पनि सबैको चासोको विषय रहेको छ।
‘एप्पलले प्रो मोडलहरूको मूल्य बढाउन र लोअर एण्डका मोडेलहरूलाई अपरिवर्तित नै राख्न सक्छ।,’ बैंक अफ अमेरिका सेक्युरिटीज विश्लेषक वामसी मोहन भन्छन्।
त्यस्तै अर्को महत्वपूर्ण घोषणा भने आईफोनमा हुने स्याटेलाइट नेटवर्क कनेक्टिभिटी फिचर हुन सक्ने अपेक्षा गरिएको छ।
टि एफ इन्टरनेशनल सेक्युरिटीज विश्लेषक मिङ-ची कुओ अनुसार ठूलो मात्रामा उत्पादन गर्नुअघि आईफोन फोर्टिनको लागि स्याटेलाइट नेटवर्क जडान कनेक्टिभिटी टेस्ट फिचरहरू मध्ये एक थियो।
यस सम्भावित फिचरले प्रयोगकर्ताहरूलाई नेटवर्क बिना नै आपतकालीन टेक्स्ट सन्देशहरू पठाउन अनुमति दिनेछ।
यस बाहेक, वाच सिरिज एटमा ठूलो डिस्प्ले र शरीर-तापमान सेन्सर सहित थप स्वास्थ्य सम्बन्धी फिचरहरू हुने अपेक्षा गरिएको छ। कम्पनीले वाचको प्रो संस्करण पनि लन्च गर्न सक्छ।
एयरपड्स प्रो टु नयाँ मोडलमा परिष्कृत साउण्ड क्वालिटी र थप सेन्सरहरू हुने सम्भावना छ। म्याग्सेफ वायरलेस चार्जिङको साथ यसको केस पानी र पसिना रेजिस्टेन्ट हुने अपेक्षा गरिएको छ।
केही रिपोर्टहरूले केसमा टाइप-सी पोर्ट हुन सक्ने अनुमान पनि गरेका छन्।
एप्पलको अगमेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी हेडसेटहरूको लञ्चको विषय भने अझै अन्योल नै छ।
मिक्स्ड रियालिटी हेडसेटको बारेमा लगानीकर्ताहरू र प्रशंसकहरू बीच निकै जिज्ञासा छ। तर विश्लेषकहरूले लगातारको सप्लाई चेन अवरोधहरूको कारण अर्को वर्षसम्म यसको उत्पादन सुरु नहुने अपेक्षा गरेका छन्।
‘नयाँ अगमेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी हेडसेटहरूको बारेमा केही खुलासा भने आज हुन सक्नेछ, यद्यपि यसको २०२३ भन्दा पहिले लञ्च हुने सम्भावना छैन।,’-बैंक अफ अमेरिका सेक्युरिटीजका मोहन भन्छन्।(रोयटर्सबाट साभार)