अन्तर्राष्ट्रिय रुट विस्तारमा भारतको एयर इन्डिगो, १०औं रुट साउदी अरेबियामा उडान सुरु



२०७९ भदौ २२ गते १७:३१ | Sep 7, 2022


अन्तर्राष्ट्रिय रुट विस्तारमा भारतको एयर इन्डिगो, १०औं रुट साउदी अरेबियामा उडान सुरु


काठमाडौं। अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा आक्रमक भारतको लोकस्ट वायुसेवा कम्पनी एयर इन्डिगोले आफ्नो १०औं गन्तव्य तय गरेको छ।

Tata
Global Ime

कम्पनीले बुधबारबाट साउदी अरेबिया रुटको प्रयोगमार्फत जाडोयामबाट मध्यपूर्वीका विभिन्न गन्तव्यमा उडान गर्ने भएको छ।

कम्पनीले हैदराबाद बेस रही रियादतर्फ नियमित उडान गर्ने जनाएको छ। दैनिक एउटा उडान गर्ने योजना बनाएको कम्पनीले सुरुवाती अवस्थामा साताको दुईवटा उडान गर्ने जनाएको छ। यो गन्तव्य उडानका लागि कम्पनीले एक सय ८६ सिट क्षमताको एयरबस ३२० नियोस प्रयोग गर्नेछ।

भविष्यमा कम्पनीले साताको तीनवटा उडान एयरबसको वाइडबडी र चारवटा उडान नियोसमार्फत गर्ने योजना बनाएको छ। बुधबारबाट कम्पनीले भारतको १५ वटा विमास्थलबाट मध्यपूर्व क्षेत्रका ११ वटा विमानस्थलमा पुग्नेछ।