
काठमाडौं। सुनको मूल्य बिहीबार पुन: बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले बढेर बजार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार एक सय ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उतारचढाव आउँदा यसको प्रभाव स्थानीय बजारमा परिरहेको छ। बुधबार प्रतिऔंस १६९३.६० डलर रहेको सुन बढेर बिहीबार १७.७८ डलर पुगेको छ ।
बुधबार प्रतिऔंस १७.९१ डलर रहेको चाँदी बिहीबार प्रतिऔंस १८.४८ डलरमा कारोबार भइरहेको छ।