आइएमई जनरल इन्स्योरेन्सले बिवाइडी ब्राण्डका सवारीसाधनको बीमा गर्ने, मर्मतमा पनि सहजता



२०७९ भदौ २३ गते १५:०९ | Sep 8, 2022


काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले नेपालमा बिक्री वितरण हुने बिवाइडी ब्राण्डका सवारीसाधनहरुको बीमा गर्ने भएको छ।

Tata
Global Ime

आइएमई जनरल र नेपालमा बिवाइडी ब्राण्डका सवारी साधनको बिक्री वितरण गर्दै आइरहेको साइमेक्स इंकबीच बिवाइडी ब्राण्डका सबै सवारीको बीमा गर्ने र बीमा पश्चात कुनै पनि क्षति भएमा सोको सहज दाबी भुक्तानी गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे।

सम्झौता अनुसार साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाइडी ब्राण्डका चारपाङ्ग्रे सवारीको दुर्घटनापछि मर्मत गर्नुपरेमा पनि साइमेक्स इंकको मर्मत केन्द्रमा लगेमा मर्मतबापत लाग्ने खर्च कम्पनीले सोझै साइमेक्स इंकलाई भुक्तानी गर्ने जनाएको छ।

यसबाट ग्राहकले लामो तथा झण्झटिलो दाबी प्रक्रियाबाट मुक्ति पाउने र सहज रुपमा सेवा उपलब्ध हुने बताइएको छ।