स्मार्ट अप्लायन्सेसको चाडपर्वलक्षित योजना, स्काईवर्थको सामान किन्दा ३५% सम्म क्यासब्याक



२०७९ भदौ २३ गते १६:२७ | Sep 8, 2022


स्मार्ट अप्लायन्सेसको चाडपर्वलक्षित योजना, स्काईवर्थको सामान किन्दा ३५% सम्म क्यासब्याक


काठमाडौं। स्मार्ट अप्लायन्सेसले दसैंतिहारलाई लक्षित गर्दै स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन योजना ल्याएको छ।

Tata
Global Ime

स्मार्ट अप्लायन्सेस केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी हो। योजना अनुसार स्काईवर्थको होम अप्लायन्स खरीदमा ३५ प्रतिशतसम्मको क्यासब्याक पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 यो क्यासब्याक वाहेक उपहार पनि दिने कम्पनीले जनायो। विगत पाँच वर्षदेखि बिक्री हुँदै आएको स्काईवर्थ नेपाली बजारमा लोकप्रिय बनिसकेको छ।

स्काईवर्थ नेपाली बजारमा परिचित नाम भएको जिकिर गर्दै कम्पनीले दसैंतिहारलाई विशेष बनाउन क्यासब्याक योजना ल्याएको जनाएको छ।