नेपाल चलचित्र संघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम, सोमबार देशैभरिका सिनेमा हल बन्द



२०७९ भदौ २३ गते १७:१९ | Sep 8, 2022


नेपाल चलचित्र संघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम, सोमबार देशैभरिका सिनेमा हल बन्द


काठमाडौं। नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति निकाल्दै सोमबार सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो।

Tata
Global Ime

‘ब्रम्हास्त्र’ सेन्सर हुन नसकेको कारण देखाउँदै नेपाली हलले अग्रिम टिकट खुलाएका छैनन्। जसकारण हल संचालकमाथि प्रश्न उठिरहेको छ।

आफूहरुमाथि चौतर्फी आक्रमण भइरहेको र व्यवसाय नै संकटमा परेको भन्दै संघले यस्तो निर्णय गरेको हो।

‘विगत केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भइ केही फिल्म क्षेत्रका समूहहरुबाट हाम्रा सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार भइरहेको छ। कोरोनाबाट आक्रान्त फिल्म क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो फिल्म क्षेत्रलाई नै धराशायी बनाउने उद्देश्यले फिल्म आयातमा बाधा उत्पन्न गराउने, हाम्रो स्वतन्त्र व्यवसाय प्रति नियन्त्रण गर्न खोज्ने, फिल्म जाँचपास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरु भइरहेका छन्,' विज्ञप्तिमा उल्लेख छ।

संघको कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ।