आइएमईको दसैंतिहार योजनाको पहिलो साताको विजेता घोषणा, दुई जनाले पाए जनही २५ हजार रुपैयाँ



२०७९ भदौ २४ गते ११:१२ | Sep 9, 2022


आइएमईको दसैंतिहार योजनाको पहिलो साताको विजेता घोषणा, दुई जनाले पाए जनही २५ हजार रुपैयाँ


काठमाडौं। आइएमईले दसैंतिहार र छठलाई लक्षित गर्दै ल्याएको उपहार योजनाको पहिलो साताको विजेता सार्वजनिक गरिएको छ। काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभ गर्दै विजेता छनोट गरिएको हो।

Tata
Global Ime

कम्पनीका अनुसार रोशन शर्मा र अलिसा बराल विजेता बनेका छन्। उनीहरुले जनही २५ हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शर्माले रिया फाइनान्सियल सर्भिस बेल्जियम र बरालले अष्ट्रेलियाबाट पैसा पठाएका थिए।

कम्पनीका अनुसार कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, शीतलकुमार महत्तो, कृष्णकुमार कटुवाल र मनोज मेन्याङ्बोले सामसङ मोबाइल पाएका छन्।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै मोबाइल हातैमा, १० लाख खातैमा नामक योजना ल्याएको थियो।