यो वर्ष पनि खाद्यले दसैंमा च्याङग्रा नल्याउने, खर्कमै जिउँदोको १७ सय रुपैयाँ किलो



२०७९ भदौ २६ गते १३:५० | Sep 11, 2022


यो वर्ष पनि खाद्यले दसैंमा च्याङग्रा नल्याउने, खर्कमै जिउँदोको १७ सय रुपैयाँ किलो


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैंमा पनि च्याङ्ग्रा नल्याउने भएको छ। जिउँदो च्याङ्ग्राको मूल्य नै १७ सय पर्ने भएपछि नल्याउने निर्णयमा कम्पनी पुगेको हो। यो आधारमा एउटै च्याङ्ग्राको मूल्य ४० हजार पर्ने देखियो।

Tata
Global Ime

'खर्कमै जिउँदो च्याङ्ग्राको मूल्य १७ सय रुपैयाँ रहेछ। त्यो ल्याएर काठमाडौंमा बेच्न सक्ने अवस्था देखिएन,' कम्पनीका एक कर्मचारीले बिजमाण्डूसँग भने, 'त्यही भएर  यो वर्ष पनि नल्याउने निर्णय गरेका हौं।' 

कम्पनीले खसीबोका र च्याङ्ग्रा ल्याउनका लागि करिब ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ। कम्पनीले दसैंका बेलामा उपभोक्ताले सस्तो र सुलभ रुपमा पाउन भन्ने उद्देश्यले बर्सेनि खसीबोका र च्याङग्रा ल्याएर बिक्री गर्छ।

केही वर्ष अघि दसैंमा तिब्बतबाट च्याङ्ग्रा आउने गर्थ्यो। कोभिडले तिब्बतबाट च्याङ्ग्रा नआएपछि मूल्य दुई वर्षमा तेब्बर महँगो भएको छ।