विद्युतीय सवारीको एक्स्पोको तयारी अन्तिम चरणमा, यी हुन प्रदर्शनीमा राखिने सवारीसाधन



२०७९ भदौ २६ गते १४:४० | Sep 11, 2022


काठमाडौं। नेपालमा पहिलो पटक नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गर्न लागेको इभी एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ। चार पांग्रे, तीन पांग्रे र दुई पांग्रे विद्युतीय सवारी साधनहरु रहनेछन्।

Tata
Global Ime

 प्रदर्शनीमा अटो कम्पोनेन्ट, टायर, व्याट्री, ग्यारेज इक्युपमेन्ट, चार्जिङ स्टेशन, लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी ४५ वटा स्टल रहने छ। काठमाडौंको भृकुटीमण्डपमा असोज ६ गतेदेखि ९ गतेसम्म आयोजना हुने इभी एक्सपोमा सहभागी हुने स्टल बुकिङको समय सकिएको छ।

सरकारले इन्धनबाट चल्ने प्यासेन्जर भेहिकल आयातमा प्रतिबन्ध लगाएपछि नाडाले इभी एक्सपो गर्न लागिएको हो। आयोजकका अनुसार यसमा १६ वटा दुई पांग्रे र ८ वटा चार पांग्रे विद्युतीय सवारी प्रदशनीमा राखिनेछ।

टाटा गाडीको बिक्री गर्ने सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभी र टिगोर इभी राख्ने छ। 

यस्तै हुन्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल आफ्नो पुरानो मोडल कोना इभी र आयोनिक-५ राख्नेछ आयोनिक-५ सरकारले कर बढाउनु भन्दा अगाडि ८१ लाख रुपैयाँमा बिक्री भइरहेको थियो। तर सरकारले कर बढाएपछि उक्त गाडीको मूल्य एक करोड १६ लाख रुपैयाँ पुगेको छ।

यस्तै टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनल  तीन वटा मोडल प्रर्दशनी राख्ने तयारी गरेको छ। टेस्लाको मोडल-३, मोडल एक्स र मोडल वाई नेपालमा उपलब्ध रहेका छन्।

सीजी मोटरले नेटा-भी एक्सपोमा राख्नेछ। एक्स्पोमा चाङगनको भ्यान पनि राखिनेछ। भारतको चर्चित नयाँ दुई पांग्रे इभी स्कुटर ओला पनि ल्याउने तयारी भएको छ।

महिन्द्रा गाडी बिक्री गर्ने अग्नि इनर्जीले ट्रियो तीनपांग्रे सवारी साधन राख्नेछ। यसैगरी बिवाइडीको गाडी बिक्री गर्ने साइमेक्स इंकले एटो-३ लाई एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ। तर कोभिडका कारण चिनियाँ नाका बन्द भएकाले एटो-३ नाकामै रोकिएको छ।

त्यस्तै दिगोले पनि विद्युतीय गाडी एक्स्पोमा राख्नेछ।

तर ग्रेटवाल मोटर्स र एमजी लगायतका ब्राण्डहरु भने एक्सपोमा देखापर्ने छैनन्। 

दुई पांग्रे विद्युतीय सवारी

इभी नेपाल मोटरले लेभनिङको स्कुटरहरु एक्स्पोमा राख्ने भएको छ। यसैगरी इको इन्फिनिटीले एनआईयूको स्कुटरहरु राख्नेछ।

टेल्जी ब्राण्डको स्कुटर र  बाइक पनि एक्स्पोमा हुनेछ। 

यस्तै सेग्वे नाइनवट इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी आइ हबले एक्स्पोमा राख्नेछ।कम्पनीले ई-१०० र ई-१२५ मोडलको स्कुटर आयात गरिरहेको छ।

पियोर ब्राण्डको स्कुटर पनि एक्स्पोमा रहनेछ। यसैगरी कोमाकी इलेक्ट्रीक जापानी ब्राण्डको स्कुटर पनि एक्स्पोमा रहनेछ। 

नीयु स्कुटरको ब्राण्डले नेपाली बजारमा विगत ३ वर्षदेखि आफ्नो स्कुटरहरु नेपालमा बेच्दै आएको छ।  यो कम्पनीको स्कुटर पनि एक्स्पोमा रहनेछ। यस्तै मिकु इलेक्ट्रिक बाइक पनि यो एक्स्पोमा देखिने छ।

इभेनेङ ब्राण्डको स्कुटर पनि एक्स्पोमा रहनेछ। ओरभा ब्राण्डले नेपाली बजारमा विगत १ वर्षदेखि आफ्नो इलेक्ट्रिक स्कुटरहरु बेच्दै आएको छ। यो ब्राण्ड पनि एक्स्पोमा रहनेछ।  

मियामा ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक पनि एक्स्पोमा रहनेछ।

डुहानको तीन पांग्रे र दुई पाङ्ग्रे स्कुटर एक्स्पोमा रहने निश्चित भइसकेको छ। विकी ट्रेर्डसले ल्याएको ओकिनवा स्कुटर पनि एक्स्पोमा रहनेछ।

भीमोटो ब्राण्डको स्कुटर नेपालमा गत वर्ष आएको हो। यो स्कुटर पनि एक्स्पोमा हुनेछ। बेला मोर्टसले बेलाको स्कुटर एक्स्पोमा राख्नेछ। सुपर सोको इ-बाइकले दुई नयाँ स्पोर्टी मोटरसाइकल एक्स्पोमा ल्याउँदैछ।

कोजु नेपालले बिक्री गर्दै आएको यादिया, लक्ष्मी इमोबिलिटीको हिरो इलेक्ट्रिकहरु पनि एक्स्पोमा रहनेछ।