अग्नि मोटोइन्कले दसैंतिहारका लागि जावा बाइक किन्दा आकर्षक अफर, ९% ब्याजमा बाइक



२०७९ भदौ २६ गते १६:१८ | Sep 11, 2022


अग्नि मोटोइन्कले दसैंतिहारका लागि जावा बाइक किन्दा आकर्षक अफर, ९% ब्याजमा बाइक


काठमाडौं। अग्नि मोटोइन्कले दसैंतिहारका लागि जावा बाइक किन्दा आकर्षक अफर ल्याएको छ। कम्पनीले इजी एक्सचेन्जसहित ९ प्रतिशत ब्याजदरमा वाइक किन्न दिने योजना ल्याएको छ। 

Tata
Global Ime

अग्नि हायर पर्चेजले विना झन्झट फाइनान्सिङ गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले प्रोफेसनल राइडिङ ज्याकेट र हेल्मेट निशुल्क दिने जनाएको छ।

यो ज्याकेट जुनसुकै मौसममा उपयुक्त हुने र सुपर भेन्टिलेटेड आउटर सेल तथा हेमी ड्युटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ।

 यो सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणीकरण गरिएको कम्पनीले जनाएको छ।