एनसेलले ल्यायो दसैं रिचार्ज बोनस, दैनिक सय रुपैयाँ माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने



बिजमाण्डू
२०७९ भदौ २८ गते १५:२३ | Sep 13, 2022


एनसेलले ल्यायो दसैं रिचार्ज बोनस, दैनिक सय रुपैयाँ माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने


काठमाडौं। एनसेल आजियाटाले नजिकिँदै गरेको दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स पाउने एनसेलले जनाएको छ।

Tata
Global Ime

यो योजना भदौ २८ गते मंगलबारदेखि संचालनमा आएको छ। योजनाअन्तर्गत एनसेलका ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्ने र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएको छ।

यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्ने छन्। प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ। त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ।

योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।

ग्राहकका लागि १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ। यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।