अढाई वर्षपछि पारो-नेपाल दुईतर्फी उडान गर्दै भुटान एयरलाइन्स, अक्टोबरबाट साताको दुई उडान



बिजमाण्डू
२०७९ भदौ ३० गते १२:४७ | Sep 15, 2022


अढाई वर्षपछि पारो-नेपाल दुईतर्फी उडान गर्दै भुटान एयरलाइन्स, अक्टोबरबाट साताको दुई उडान


काठमाडौं। भुटानको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भुटान एयरलाइन्सले अढाई वर्षपछि पारो-नेपाल-दिल्ली उडान गर्ने भएको छ।

Tata
Global Ime

यो कम्पनीले अक्टोबरबाट साताको दुई वटा व्यवसायिक उडान गर्ने अनुमति पाएको नेपालका लागि आधिकारीक जिएसए सोसाइटी इन्टरनेश्नलले जनाएको छ।

'कोभिड-१९ संक्रमण सुरु भएसँगै यो गन्तब्य तर्फको नियमित व्यवसायिक उडान बन्द भएको थियो। संक्रमण नियन्त्रणमा आएसँगै हामीले  अक्टोबरबाट पुनः नियमित व्यवसायीक उडान गर्न लागेका हौं,' कम्पनीका संचालक रविचन्द्र सिंहले भने।

उनका अनुसार भुटानले साताको आइतबार र बुधबार उडान गर्ने उडान तालिका पाएको छ।

तासी एयर अन्तर्गत संचालित भुटान एयरलाइन्स निजी वायुसेवा कम्पनी हो। सन् २०१३ मा स्थापना भएको यो कम्पनीले नेपाल तर्फ सन् २०१४ देखि नेपाल उडान गर्दै आएको छ।

यो गन्तब्यमा ड्रुक एयरले पनि आफ्नो नियमित उडान गर्दै आएको छ।