नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै, पैसा दोब्बर हुन लाग्ने समय घट्यो



बिजमाण्डू
२०७९ असोज २ गते १४:३१ | Sep 18, 2022


काठमाडौं। नेपाल बैंकले ग्राहकको रुची र आवश्यकता अनुसारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ। बैंकले हालै मात्र संंचालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ।

Tata
Global Ime

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले विज्ञप्तिमा जनाएको छ।

यसमा न्युनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ। त्यसैगरी यो योजनामा बैंकले ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ।

सरकारी बैंक भएको र जनविश्वास उच्च भएकोले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ।

संघ संस्थाहरुको लागि बैंकले यो मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ। यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ। यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि यही मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ। अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ।

यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ। नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि विदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमिट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ। 

यी डबल धमाका मुद्दती खाताहरु सीमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी  रुपमा अगाडि बढिरहेको छ।