टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना 



बिजमाण्डू
२०७९ असोज २ गते १७:०४ | Sep 18, 2022


टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना 


काठमाडौैं। दुई पाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा ग्राहक लक्षित 'आपाचे ओनर ग्रुप' (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ।

Tata
Global Ime

असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित राइड अन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रम अन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो। उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे।

उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए। कार्यक्रमा मन्तब्य राख्दै विकले भने 'यो हाम्रो लागि गर्वको कुरा हो। पश्चिम  नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु।'

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ।

यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ। यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ।