आध्यन्तलाई लगानी कोष प्रबन्धकको काम गर्न बोर्डको अनुमति, नयाँ उद्यमीलाई पुँजी पहुँच सहज बनाउने



बिजमाण्डू
२०७९ असोज ३ गते १०:२१ | Sep 19, 2022


आध्यन्तलाई लगानी कोष प्रबन्धकको काम गर्न बोर्डको अनुमति, नयाँ उद्यमीलाई पुँजी पहुँच सहज बनाउने


काठमाडौं। आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकका रूपमा काम गर्न इजाजतपत्र प्राप्त गरेको छ। 

Tata
Global Ime

सेबोन-विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत बोर्डले लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो।आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो। जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो। 

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्ने संस्थापक मनोज पौडेलले बताए।  

सेबोनले देखाएको रुपान्तरणकारी सोचले निजी पुँजीको परिचालनमार्फत मुलुकको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेमा आध्यन्तका संस्थापक पौडेल विश्वस्त छन्।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पुँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए। 

उनले भने ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग-व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं।’