काठमाडौं। हाम्रोबजारले दसैको अवसरमा हालसम्मकै सबैभन्दा ठुलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना गर्ने भएको छ।
हाम्रोबजारका अनुसार मेलामा इच्छुक ग्राहकहरुले एकै ठाउँमा ३०० वटा भन्दा बढी सेकेन्ड ह्यान्ड कारहरु किन्न, बेच्न वा एक्सचेन्ज गर्न सक्नेछन्। मेला असोज ७-९ गतेसम्म आयोजना हुनेछ।
यो कार मेला दरबारमार्गको अन्नपूर्ण होटलमा आयोजना हुने कम्पनीले जनाएको छ। हाम्रोबजार एपमा भएका सबै ग्राहकले कार्निभलमा नि:शुल्क प्रवेश पाउने कम्पनीले जनायो। हाम्रोबजारको सेलेक्टमा रहेका सम्पूर्ण गाडीहरु ह्यान्डपिक्ड र दक्ष प्राविधिकद्वारा निरीक्षण गरेपछि मात्र बिक्रीका लागि राखिने कम्पनीले जनाएको छ। यसले गाडी खरिद गर्ने ग्राहकहरुले ढुक्क भएर गाडी खरिद गर्न सक्नेछन्।
मेलामा गाडी खरीद गर्नेहरुले फाइनान्सिङका सुविधा पनि प्राप्त गर्नेछन्। मेलामा ग्राहकहरुले अटोमोबाइल्स सम्बन्धि सम्पूर्ण जानकारीका लागि स्टलहरु देख्न सक्ने कम्पनीले जनायो। कम्पनीका अनुसार मेलामा खानेकुरा र पेय पदार्थ स्टलहरु, सांगितिक प्रस्तुति, स्ट्यान्डअप शो र अन्य रमाइलो गतिविधिहरु पनि आयोजना हुने कम्पनीले जनाएको छ।