केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित



बिजमाण्डू
२०७९ असोज ३ गते १७:५१ | Sep 19, 2022


केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित


काठमाडौं। केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा समाजसेवी एवम् उद्योग व्यवसायी कुमुदकुमार दुगड 'प्रबल जनसेवाश्री' पदकबाट विभुषित हुने भएका छन्।

Tata
Global Ime

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्‍याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई 'प्रबल जनसेवाश्री' पदकबाट विभुषित गरिने भएको हो। 

दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगीकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्या‍उँदै आएका छन्।

उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा-पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन्।